मुख्यमन्त्री शाहीद्वारा आवास हस्तान्तरण

लोकपथ
195
Shares

काठमाडौं । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाका बाढीपीडितले झण्डै एक वर्षपछि आवास पाएका छन् । कर्णाली प्रदेश सरकार र गाउँपालिकाको आर्थिक सहयोगमा घर पुनःनिर्माण भएपछि त्रिपालमा बस्दै आएका नागरिकले आवास पाएका हुन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार आयोजित कार्यक्रममा हस्तान्तरण पुनः निर्माण भएका घर हस्तान्तरण गरे ।

२०७७ सालको साउन महिनामा आएको अविरल वर्षाका कारण आएको बाढीले ताजाँजाकोटका करिब ३८० घर भत्काएको थियो । बाढीले सबै घर बगाएपछि प्रदेश सरकारले निः शुल्क आवास बनाइदिएको थियो ।

सो अवसरमा मुख्यमन्त्री शाहीले बजेट अपुगका कारण यस आर्थिक वर्षमा १५० घर मात्र बनाइएको र बाँकी घर यसै आर्थिक वर्षमा बनाइसक्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?