स्थानीय सरकारले शिक्षकलाई पूरै तलब खुवाउन सकेन

काठमाडौँ, २४ असोज- स्थानीय तहले पहिलोपटकमै सामुदायिक विद्यालयका शिक्षकलाई पूरै तलबभक्ता खुवाउन सकेको छैन । सरकारले पहिलोपटक स्थानीय तहमार्फत विद्यालयका शिक्षक कर्मचारीलाई तलब निकासा गरे पनि बजेट अभावले अधिकांशले ६० देखि ७० प्रतिशत मात्र रकम निकासा गरेका छन् ।संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ । यसै आर्थिक वर्षदेखि सरकारले सरकारी विद्यालयका शिक्षकको तलब, भक्तासमेत स्थानीय तहलाई नै पठाएको छ । तर, पहिलोपटक स्थानीय तहबाट तलब पाएका शिक्षकले पूरै पारिश्रमिक पाउन सकेनन् । शिक्षाका निकायले कर्मचारीको यकीन विवरण नपठाउँदा तलब खुवाउन समस्या भएको आरोप स्थानीय तहका कर्मचारीले लगाउने गरेका छन्, नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?