काठमाडौं । गुल्मीमा हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । रेसुङ्गा नगरपालिका-१३ दुबिचौर बस्ने ६० वर्षीया पार्वती बिकको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय प्रकाश बिकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको
हो ।
सामान्य विवादका कारण प्रकाशले बडीआमा नाता पर्ने पार्वतीलाई लाठी प्रहार गर्दा घाइते भएकोमा उपचारको क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले प्रकाशलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया