अनेरास्ववियूले केन्द्रीय कमिटीलाई दियो पूर्णता (सर्कुलरसहित)

लोकपथ
702
Shares

काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को ५३४ सदस्यीय केन्द्रीय कमिटी गठन गर्दै संगठनलाई पूर्णता दिएको छ ।

गत असोज १ र २ गते काठमाडौंमा आयोजित अनेरास्ववियूको राष्ट्रिय भेलाले अध्यक्ष चयन गरी कमिटीलाई पुनर्गठन गरेको थियो । उक्त भेलाले सुनिता बराललाई अध्यक्षमा चयन गरेको थियो ।

सोमबार अनेरास्ववियूले सर्कुलर जारी गर्दै ३३ जनालाई केन्द्रीय कमिटीको पदाधिकारी चयन गरेको छ ।

अध्यक्षमा बरालसहित अखिलको वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने, महासचिव समिक बडाललाई चयन गरेको छ ।

आगामी चैत २२ देखि २४ गतेसम्म अनेरास्ववियूको २३ औं महाधिवेशन तोकिएको छ । सोही अनुसार संगठनलाई पूर्णता दिइएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?