मनोज गजुरेलले गरे विवाह

लोकपथ
1.3k
Shares

काठमाडौं । लोकप्रिय हास्यकलाकार मनोज गजुरेलले विवाह गरेका छन् । उनले मञ्जु पोखरेलसँग विवाह गरेका हुन् ।

मनोज गजुरेलले सोमबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आफूले विवाह गरेको जानकारी दिएका हुन् । मनोज र मञ्जुले भक्तपुरको डोलेश्वर मन्दिरमा दोस्रो विवाह गरेका हुन् ।

चार वर्षअघि उनको डिभोर्स भएको थियो । पहिलो श्रीमतीसँग मनोजको एक छोरा र एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?