काठमाडौंका बजारमा धमाधम खसीबोकाको व्यापार (तस्बिरमा हेर्नुहोस्)

काठमाडौं । बडा दशैँ सुरू भएसँगै काठमाडौंमा खसी बोका र च्याङ्ग्रा धमाधम भित्रिन थालेका छन्।

देशका विभिन्न स्थानबाट ल्याइएको खसी बोकाहरुको सर्वसाधारणले किन्ने गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लमिटेडले खसी बोका बिक्री सुरु गरेको छ ।

थापाथलीस्थति कम्पनीको अञ्चल कार्यालयबाट प्रतकिलो ६ सय ४० रुपैयाँका दरले खसीबोका बक्रिी सुरु भएको हो । कम्पनीले दाङबाट आठ सय र मकवानपुरबाट १२ सय खसी(बोका ल्याइने तयारी गरिरहेको छ।

कम्पनीले गत वर्षको तुलनामा यसपटक प्रतकिलो ९० रुपैयाँ बढी मूल्य निर्धारण गरेको हो ।
उता निजी क्षेत्रका व्यवसायीले कलंकी खसी बजार, टुकुचा, भक्तपुरको सल्लाघारीलगायतका वभिन्नि चोकमा राखेर बक्रिी थालेका छन् ।

 

तस्बिरः राजेश विक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?