१२ वटा फ्लप फिल्म दिएका अमिताभको थियो इन्जिनियर बन्ने सपना, अहिले बने शहेनशाह

लोकपथ
598
Shares

काठमाडौं । आज भारतीय फिल्म इन्डस्ट्रीका मेगास्टार अमिताभ बच्चनको जन्मदिन हो। १९४२ मा जन्मेका अमिताभ अक्टोबर ११ मा ७९ वर्ष भएका छन् । उनले यो लामो यात्रामा धेरै माइलस्टोन देखेका छन्। उनले धेरै सुपरहिट फिल्म दिएका छन् तर उनको लागी यो यात्रा सहज भने थिएन् । उनले करियरको सुरुवाती समयमा लगातार फ्लप फिल्महरुको सामना गरेका थिए ।

अमिताभ बच्चन

फिल्मको सेटमा घाइते भएका अमिताभ एक पटक राजनीतिमा होमिएका थिए । तर पछि उनी फेरी सिने उद्योगमा फर्किएका थिए । उनको भारतमा मात्र होइन विदेशमा करोडौं फ्यान छन्।

अमिताभको जन्म उत्तर प्रदेशको इलाहाबादमा भएको थियो । अमिताभ बच्चन एक पटक ईन्जिनियर बन्ने वा वायु सेनामा भर्ना हुने सपना देखेका थिए । तर उनी भारतीय फिल्म उद्योगका सम्राट बने। अमिताभले हिन्दी सिनेमाको रजत पर्दामा पाएको मान्यता र प्रसिद्धि हरेक कलाकार हासिल गर्न चाहन्छन्। उनी बलिउडका सबैभन्दा सफल र अनुभवी अभिनेता मानिन्छन्।

अमिताभ बच्चन

अभिनयको दुनियाँमा प्रवेश गरेका अमिताभले लगातार १२ फ्लप फिल्म दिएका थिए ।

अमिताभको सबैभन्दा ठूलो विशेषता उनको डाइलग हडेलिभरी हो । उनको थुप्रै फिल्मका डाइलगहरु अझै पनि मानिसहरुको मुखमा छन्। फिल्म ‘सात हिन्दुस्तानी’ बाट अभिनयको दुनियाँमा प्रवेश गरेका अमिताभका लागि सुरुमा निर्देशकहरुले पातला र अग्लो मानिसमा यस्तो गुण नहुने विश्वास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?