यसअघि नाम काटिएका दोबाटे विश्वकर्मालाई मन्त्री बनाइँदै

लोकपथ
1.2k
Shares

काठमाडौं । गण्डकी प्रदेशका नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद दोबाटे विश्वकर्मा अब मन्त्री बन्ने भएका छन् ।

यसअघि मन्त्री हुने चर्चा चलेपनि नबनाइएका दोबाटेलाई मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मन्त्री बनाउने तयारी थालेका हुन् ।
आइतबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलपछि मुख्यमन्त्री पोखरेलले दोबाटेलाई मन्त्री बनाउने तयारी गरेको एक सांसदले जानकारी दिए ।

यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा उनको नाम अगाडी रहेपनि अन्तिममा काटिएको थियो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निकट रहेका दोबाटेलाई मन्त्री नबनाइएको भन्दै राजनीतिक वृत्तमा ठूलो आलोचना भएको थियो ।

पार्टीभित्र मात्र नभइ गठबन्धनका नेताहरुले समेत दोबाटेलाई मन्त्री बनाउन आग्रह गरेका थिए । शीर्ष नेताहरुको सुझावअनुसार मुख्यमन्त्री पोखरेलले दोबाटेलाई मन्त्री बनाउने तयारी थालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?