काठमाडौं । देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् ।
रुपन्देही, कोटहिमाई गाउँपालिका-६ फुलवरीयास्थित खेतमा हाल नाम, थर, वतन नखुलेकी २७ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
त्यसैगरी झापा, अर्जुनधारा नगरपालिका-६ स्थित महानन्द चोकमा बंगुर फ्रेस हाउस संचालन गरी बस्ने सोही नगरपालिका(६ कप्तानबारी घर भएका ५० वर्षीय ईन्द्र मगर सोही फ्रेस हाउसभित्र आइतबार मृत अवस्थामा फेला परेका छन् ।
धनुषा, कमला नगरपालिका-३ पर्सा टोल बस्ने ५५ वर्षीय नागे साह सुडी सोही नगरपालिका-३ लग्मा नहरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
डडेल्धुरा, पर्शुराम नगरपालिका-५ परीगाउँ बस्ने १९ वर्षीय पदम नाथ सोही नगरपालिका-३ सिमल्टा खेतस्थित महाकाली नदी किनारामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया