सुर्दशन थापाको निर्देशनमा निर्माण भएको चलचित्र ‘रामकहानी’मा पुजा शर्मा र आकाश श्रेष्ठले पहिलो पल्ट पर्दा सेयर गरेका छन् । आज सार्वजनिक गरीएको गीत ‘तिम्रो लागी म छु’ मा आर्कषक देखिएको छन् । गीत रिलीज कार्यक्रममा पुजा र आकाश आर्कषक बनेर पुगेका थिए ।
‘रामकहानी’ गीत रिलीज कार्यक्रममा निर्देशक सुर्दशन थापा, पुजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे ‘माग्नेबुढा’ लगायतका कलाकारको उपस्थिती रहेको थियो ।
अर्जुन पोखरेलको संगीतमा तयार पारीएको गीतमा अञ्जु पन्त र सुगम पोखरेलले स्वर दिएका छन् ।
आगामी भदौ २२ गतेबाट रिलीज हुने सिनेमालाई श्रीराम बालाजी फिलिम्सले वितरणको जिम्मा लिएको छ ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया