काठमाडौं । नायिका पुजा शर्माले आफ्नो जन्मदिनको अवसर पारेर आफुले निर्माण गरेको सिनेमा ‘रामकहानी’ को ‘तिम्रो लागी म छु’ बोलको गीत रिलीज गरेकी छिन् । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी गीत रिलीज गरेकी हुन् ।
गीतमा पुजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राईलाई फिचर्ड गरिएको छ ।
भदौ २२ गतेबाट अल नेपाल रिलीज हुने सिनेमालाई सुर्दशन थापाले निर्देशन गरेका हुन् । थापले भने, आफुले निर्माण निर्देशन गरेका अघिल्ला सिनेमा जस्तै यसमा पनि एकदमै मेहनत गरेको बताए । यो मैले निर्देशन गर्ने जनराकै सिनेमा भएपनि दर्शकलाई केहि फरक लाग्नेछ । रामकहानी कमेडी लभस्टोरी सिनेमा भएको बताइन् ।
यता पुजा शर्माले ‘म यस्तो गीत गाउँछु’को पहिलो गीत ‘भन्छु आज मनका कुरा’ बोलको गीत जस्तै यसलाई पनि आफ्नो जन्मदिनको अवसर पारेर सार्वजनिक गरेको बताइन् । यस्तै यो गीत पनि हिट हुने विश्वास व्यक्त गरिन आफुहरुले यो गीतलाई राम्रो बनाउँन कुनै कसर बाँकी नछोडेको उनले बताइन् । मेरो टिमले गीत राम्रो बनाउँनको लागी एकदम धेरै मेहनत गरेका छन् ।
धुर्मुस सुन्तलीदरा निर्मित सन्तपुर बस्तीमा छायाँकन गरिएको गीतलाई सौरभ लामाले खिचेका हुन । कोरियोग्राफर कविराज गहतराजले गीतमा अत्याधिक कोरस प्रयोग गरेर गीतको भिडियोलाई सुन्दर बनाएका छन । रामकहानी गीतलाई बनिश शाह र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया