फ्रान्सले चुम्यो यूईएफए नेसन्स लिग उपाधि

लोकपथ
966
Shares

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलको उपाधि फ्रान्सले हात पारेको छ । आइतबार राति भएको फाइनल खेलमा स्पेनलाई २-१ गोल अन्तरले पराजित गर्दै फ्रान्स उपाधि चुमेको हो ।

फ्रान्सलाई उपाधि दिलाउन करिम बेन्जिमा र केलियन एमबाप्पेले समानएक एक गोल गरे । स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए पनि खेलमा फर्कन भने सकेनन् ।

Image

खेलको ६४ औं मिनेटमा मिकेलले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । खेलको ६६ औं मिनेटमा बेन्जिमाले गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ८० औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २-१ को जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?