१३ मङ्सिर २०७८, सोमवार

प्रदेश नं १ मन्त्रिपरिषद् बैठक : प्रदेश पर्यटन बोर्ड गठन

२०७८,आश्विन,२५,सोमवार ०९:४८

72
Shares

मोरङ । प्रदेश नं १ मन्त्रिपरिषद्को बैठकले प्रदेश पर्यटन बोर्डको गठन गरी ११ सदस्यीय कार्यसमिति सदस्य नियुक्त गरेको छ । मुख्यमन्त्री तथा परिषद्को कार्यालयमा आइतबार राति बसेको बैठकले अध्यक्षमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव रहने व्यवस्था गरेको छ ।

यसैगरी सदस्यमा अर्थमन्त्रालयका अधिकृत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रनिनिधि, पर्यटन शाखाका प्रमुख, उद्योग, पर्यटन क्षेत्रका फणीन्द्र अधिकारी (विराटनगर), देवी गौतम (सुनसरी, भीमराज राई (सोलु), उमेश घिमिरे (धनकुटा), प्रेरणा थापा (इटहरी) र इन्दिरा श्रेष्ठ (विर्तामोर्ड) लाई नियुक्त गर्ने निर्णय गरेको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लछुमन तिवारीले जानकारी दिए ।

यस्तै बैठकले खुपु खोला जलविद्युत् आयोजनाको शेयर लगानी गर्ने सम्बन्धमा अर्थ मन्त्रालयको सैद्धान्तिक सहमतिअनुसार लगानी गर्ने निर्णय गरेको हो । बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा बाबा मेयाङ्वो (पाँचथर), सदस्य सचिवमा कृष्ण बस्नेत(पर्शुराम) विराटनगर र सदस्यमा भेषराज कार्की (सुनसरी, विल्भष घोष (सुनसरी, थलु राजभण्डारी (ओखलढुङ्गा) लाई नियुक्त गरेको छ ।

यसैगरी प्रदेश श्रम सल्लाहकारको उपाध्यक्षमा राजीव घिमिरे(झापा), सदस्यमा घिम घिमिरे (विराटनगर), सरोज श्रेष्ठ (धरान), सीमा उपाध्याय (मोरङ), रञ्जु सिग्देल (इटहरी), किशोर धमला (विराटनगर), अरुण थापा (विराटनगर), नारायणबाबु कार्की (मोरङ), सुनिता घिमिरे (मोरङ), टीका प्रसाई (सुनसरी), निलम साह सोनारलाई (मोरङ) नियुक्त गरेको मन्त्री तिवारीले जानकारी दिए ।

प्रकाशित मिति: २०७८,आश्विन,२५,सोमवार ०९:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमालेको भितवनमा जारी महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । सोमबार राति निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम

काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत मतदान प्रक्रिया लम्बिएको छ । अहिले राति ११ बजे अन्तिम नामावली प्रकाशन गरिने भएको

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार सधैं संचार जगतबारे गम्भीर रहेको बताएका छन्। ‘प्रदेश सरकार सञ्चार क्षेत्रप्रति

नेपाली कांग्रेस धनुषा क्षेत्र नं ४ को कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यसहित सबैपदमा सर्वसम्मतिले नेतृत्व चयन भएको छ ।

ताजा समाचार

प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना
 २०७८,मङ्सिर,१३,सोमवार २२:३२
सरकारले गर्‍यो १० सचिवको सरुवा, को कहाँ ?
 २०७८,मङ्सिर,१३,सोमवार २०:३२