एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद आजबाट बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?

लोकपथ
130
Shares

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले आज (सोमबार) बाट आफ्ना सेयरधनीहरुलाई हकप्रद बिक्री खुला गरेको छ ।

बैंकले चुक्तापुँजीको १०:३ अनुपातमा १०० अंकित दरका कुल २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको हो ।

बैंकको हकप्रदमा सेयरधनीहरुले आज (असोज २५ गते) देखि कात्तिक १४ गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् । सेयरधनीहरुले उक्त हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि आवेदन दिन सक्नेछन् ।

बैंकलाई नेपाल धितोपत्र बोर्डले गत साउन ३१ गते हकप्रद निष्काशनको अनुमति दिएको थियो । धितोपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

हकप्रद जारी प्रयोजनका लागि बैंकले गत असोज १ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। त्यसैले भदौ ३१ गतेसम्म कायम सेयरधनीहरुमात्रै हकप्रदमा आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?