एनआरएनएको १०औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित

लोकपथ
130
Shares

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १०औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ ।

संघको आइतबार भर्चुअल रुपमा सम्पन्न अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय बैठकले पूर्वनिर्धारित विश्व सम्मेलन तथा चुनावी कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

संघले अक्टोबर २० मा निर्वाचन र अक्टोबर २३ देखि २५ सम्म १०औं विश्व सम्मेलन गर्ने तयारी गरेको थियो । तर प्रतिनिधि चयन लगायतका विषयमा उजुरी परेपछि परराष्ट्र मन्त्रालयले दुई पटकसम्म पत्र काटेर विवादको टुंगो नलागेसम्म निर्वाचन नगर्न पत्राचार गरेपछि संघको आइतबार बसेको बैठकले निर्वाचन तथा महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

अधिवेशनको नयाँ मितिबारे थप निर्णय अर्को साता बस्ने आईसीसीको बैठकले निर्णय गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?