चलचित्र ‘क्याप्टेन’को छायाँकन सुरु, ११ नम्बर जर्सीमा अनमोल

काठमाडौं । अहिलेका चर्चित नायक अनमोल केसीले अभिनय गर्ने नयाँ चलचित्र क्याप्टेनको सुटिङ्ग सुरु भएको छ । अनमोलले क्याप्टेनका लागी आफ्नो तौल घटाएका छन् । उनले चलचित्र ‘कृ’ को एक्सनका लागी शरिर बनाउँनुका साथै तौल पनि बढाएका थिए । आफुलाई फुटबल खेलाडी देखाउनैको लागी उनले तौल घटाउनुका साथै हेयर स्टायल पनि चेन्ज गरेका छन् । 

क्याप्टेनको आइतबारदेखि इलाममा सुटिङ्ग सुरु भएको छ । यो सिनेमाको अहिले दुई दिनको दृश्य मात्रै छायाँकन गरिनेछ । यसपछि केहि समय बे्रक लिएर करिब दुई साता पछि सिनेमाको छायाँकन सुरु गरिने निर्देशक दिवाकर भट्राइले बताए । इलाममा अहिले नै सिनेमा छायाँकन गर्नुको मुख्य कारण त्याहाँका स्थानिय खेलाडी प्रशिक्षणमा व्यस्त हुने भएकोले हतार हतार छायाँकन गर्नु परेको निर्माणले बताएकोछ ।

अनमोलले क्याप्टेनमा लगाउने फुटबलको जर्सी समेत सार्वजनिक गरिएको छ । उनले सिनेमामा ११ नम्बरको जर्सी लगाउने छन् । क्याप्टेनलाई नायक भुवन केसीले निर्माण गर्न लागेका हुन् भने यसका निर्देशक दिवाकर भट्टराइ हुन् ।

सिनेमामा अनमोल केसी, उपासना सिंह ठकुरी, प्रियंका एमभी, सरोज खनाल, लगायतका कलाकार मुख्य भुमिका रहेको छ । यसका द्वन्द निर्देशक चन्द्र पन्त हुन् ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?