बसको ठक्करबाट बालकको मृत्यु

लोकपथ
112
Shares

भरतपुर । भरतपुर महानगरपालिका – ७ विकास चोकमा बसको ठक्कबाट एक बालकको मृत्यु भएको छ ।

चौबिसकोठीबाट पटिहानीतर्फ जाँदै गरेको नबा १ प १२८४ नम्बरको बसले स्थानीय पैदलयात्री आठ वर्षका बालकलाई ठक्कर दिएको थियो ।
बालकको अपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बालकलाई ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ । बालकको सनाखत हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?