उमेश श्रेष्ठले गरे पदभार ग्रहण

लोकपथ
26
Shares

काठमाडौं । स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार पदभार ग्रहण गरेका छन् ।

मुख्यसचिव शंकरदार वैरागी, प्रधानमन्त्री कार्यालय मातहत निकायका सचिवहरु, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशकलगायतको उपस्थितिमा उनले पदबहाली गरेका हुन् ।

पदबहालीपश्चात आयोजित संक्षिप्त कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले प्रधानमन्त्री कार्यालयबाट सम्पादन गर्नुपर्ने अनुगमन तथा मूल्यांकन, अन्तरनिकाय समन्वय तथा सहजीकरणलगायतका विभिन्न सुधारसम्बन्धी कार्यहरुलाई थप प्रभावकारी रुपमा अघि बढाउन आफू क्रियाशील हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?