तनावरहित बनाउने योगका आसनहरू (भिडियोसहित)

लोकपथ
1.5k
Shares

काठमाडौँ । अहिले विश्वमा मानसिक समस्या तीव्र रूपमा बढी रहेको मनोचिकित्सकहरू बताउँछन् । मनोचिकित्सकहरूका अनुसार अहिले विश्वमा ९७ करोड व्यक्तिहरू कुनै न कुनै किसिमका मानसिक समस्याबाट ग्रस्त रहेका छन् ।

पछिल्लो समय विश्वव्यापी रूपमा देखा परेको कोरोना भाइरसको सङ्क्रमणले मानसिक समस्या भएका व्यक्तिहरूको सङ्ख्या अझ बढाएको छ । समाजशास्त्रीहरुका अनुसार कोरोना भाइरसका कारण भएको लकडाउन, व्यवसाय र रोजगार गुमाएका, सङ्क्रमणको डरले त्रसित भएका, घर भित्रै लामो समय बस्नु पर्ने अवस्था जस्ता विविध कारणले मानसिक समस्या हुने व्यक्तिहरूको सङ्ख्या झनै बढेको बताउँछन् ।

मनोचिकित्सकहरू पनि महामारीले तत्काल मानवीय क्षति गरे पनि यसले निम्त्याउने मानसिक असरहरू दशकौँसम्म देखिने गर्छ भन्ने छ ।

मानसिक समस्या प्रारम्भिक अवस्थामा देखिदा कसैले भन्न सक्ने हुन्छन् भने कोही भन्न नसक्ने अवस्थाका हुन्छन् । यो समस्यालाई घर परिवारका सदस्यहरूले पहिचान गर्न सक्दैनन् । जसको कारण रोग बढ्दै गएर आत्महत्याको अवस्थामा समेत पुग्छन् ।

अक्टोबर १० तारिखलाई विश्वव्यापी रूपमा मानसिक स्वास्थ्य दिवस मनाइए पनि आफ्नो मानसिक अवस्थालाई आफैँले सधैँ ठिक बनाउनु पर्ने मनोचिकित्सक देखि योगका गुरुहरू बताउँछन् । योगमा मानसिक अवस्थालाई ठिक बनाउने धेरै किसिमका योग आसनहरू रहेका छन् । जसको नियमित अभ्यासले गर्ने व्यक्तिलाई कुनै किसिमको मानसिक समस्या हुदैंन भन्ने छ ।

आफ्नो मानसिक अवस्थालाई स्वस्थ बनाउन चाहनु हुन्छ भने पतञ्जलि योग समिति नेपालका योग गुरु लोकनाथ खनालले सिकाउनु भएको योगका केही आसनहरू तपाईँले पनि गर्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?