बुटवलमा गोली चल्यो : ३ जनाको मृत्यु, ३१ जना घाइते

लोकपथ
6.5k
Shares

काठमाडौं । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।

जग्गा अतिक्रमणको विषयलाई भएको प्रहरी र स्थानीयबीच भएको झडप हुँदा प्रहरीले चलाएको गोली लागेर ३ जनाको मृत्यु भएको हो ।

भैरहवा मेडिकल कलेज लैजाने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार एक जनाको अवस्था गम्भीर रहेको छ । भने मृतकको पहिचान नखुलिसकेको प्रहरीको भनाइ रहेको छ ।

यसैगरी मेडिकल कलेजमा हाल ५ जना प्रहरी र ५ जना सर्वसाधारणको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अवस्था नाजुक नहोस् भन्नाले रुपन्देही प्रशासनले कर्फ्यू लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?