दशैँमा एनआईसी एसियाको योजना : डिजिटल कारोबारमा आकर्षक उपहारदेखि २५ प्रतिशत क्यासब्याकसम्म

लोकपथ
156
Shares

काठमाडौं । एनआईसी एसिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहनका निमित्त चाडपर्वका अवसरमा ‘डिजिटल दशैँ’ योजना सार्वजनिक गरेको छ ।

यस योजनामार्फत बैंकका विभिन्न डिजिटल च्यानलमार्फत कारोबार गर्दा सबैभन्दा धेरै कारोबार गर्ने ग्राहकहरूलाई आकर्षक उपहारदेखि अधिकतम २५ प्रतिशतसम्म क्यासब्याक तथा छुट प्रदान गर्नेछ ।

ग्राहकहरूलाई किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त विभिन्न सामग्री खरिद गरी बैंकको कार्डमार्फत ई–कमर्श तथा POS भुक्तानी एवं मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) प्रयोगकर्ताहरूले QR भुक्तानी गर्दा आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था गरेको बैंकले जनाएको छ ।

बैंकले २०७८ असोज २१ देखि कात्र्तिक २१ सम्म यस बैंकको भिसा कार्डमार्फत POS कारोबार गर्ने ग्राहकहरूलाई अधिकतम २५ प्रतिशतसम्म क्यासब्याकको योजना ल्याएको छ ।

जसअनुसार पहिलोपटक POS कारोबार गर्दा १० प्रतिशत वा अधिकतम ५०, तेस्रोपटक कारोबार गर्दा १५ प्रतिशत वा अधिकतम १२५ र पाँचौंपटक कारोबार गर्दा २५ प्रतिशत वा अधिकतम २५० सम्म क्यासब्याज अफर रहेको छ ।

त्यसैगरी बैंकले नगद कारोबारबाट ग्राहकहरूलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्ने उद्देश्य लिई २०७८ आश्विन २१ देखि कात्र्तिक ३० सम्म सबैभन्दा धेरै कारोबार गर्ने भाग्यशाली ग्राहकहरूलाई Palsonic को तर्फबाट ३२ इन्च टिभी, CG को तर्फबाट माइक्रोवेभ ओभन, त्चष्खभलष् न्चयगउ को तर्फबाट यासुदा ओभन, Triveni Group को तर्फबाट एक जोडीलाई आकर्षक प्याकेज, Gaia Holiday Home Dhulikhel को तर्फबाट एक जोडीलाई डिनर प्याकेज, Hongkook Sarang बचत को तर्फबाट १० जना भाग्यशाली विजेतालाई १,००० को शपिङ्ग भौचर, Saathimart को तर्फबाट यस बैंकको कार्डहरू प्रयोग गरी ५,००० भन्दा बढिको खरिदमा ५०० बराबरको गिफ्ट भौचर र Awei को तर्फबाट एक जनालाई Earbud प्रदान गरिनेछ ।

चाडपर्वहरूलाई लक्षित गर्दै बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न बैंकले विभिन्न उपहार योजना सञ्चालन गरिरहेको बेला निम्नलिखित मर्चेन्टहरूमा थप आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था समेत ल्याएको छ ।

आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिनुभएका यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको iServe मार्फत एवं एपमार्फत सोझै सहज रुपमा आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नेछन् ।

बैंकले मुलुकभर ३५६ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?