१. सर्वत्र आलोचनापछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालद्वारा पदबाट राजीनामा, ४० घण्टा मन्त्री बनेर बाहिरिए हमाल ।
२. गण्डकी साक्षर प्रदेश घोषणा, सबैले शिक्षा पाउनुपर्नेमा प्रधानमन्त्री देउवाको जोड, प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको देउवाको भनाइ ।
३. आज बडा दशैँको चौथो दिन, कुष्माण्डा भगवतीको पूजा, काठमाडौंलगायत देशभरका देवीका मन्दिरमा दर्शनार्थीको घुइँचो ।
४. कांग्रेसको १४औँ महाधिवेशन सकेर मात्रै आम निर्वाचनमा जानुपर्नेमा नेता प्रकाशमान सिंहको जोड, पार्टीको नेतृत्व लिन युवा पुस्ता तयार,
५. अदालतलाई राजनीतिकस्थल नबनाउन एमाले महासचिव ईश्वर पोखरेलको चेतावनी, अदालत संविधानअनुरुप नहिँडेको दाबी ।
६.रुपन्देहीको निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रमा सुकुमबासी र प्रहरीबीच झडप, झडपमा ६ जना घाइते, तनाव बढेपछी प्रशासनद्वारा कफ्र्यु आदेश जारी
७.आइतबार देशभर ५९६ जनामा कोरोना संक्रमण पुष्टि, ८७१ जना संक्रमणमुक्त, १० जनाको मृत्यु
८. लुम्बिनीका प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीद्वारा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरूले आजै लिए शपथ
९. बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेस, कात्तिक ४ गतेसम्मका लागि बैठक स्थगित
१०.सुनसरीमा प्रहरी हिरासतमै थुनुवाको मृत्यु भएपछि आन्दोलनमा उत्रिएका आफन्त र प्रहरीबीच झडप, झडपमा प्रहरी र प्रदर्शनकारीसहित १२ जनाभन्दा बढी घाइते ।
११.आइतबार सेयर बजारमा दोहोरो अंककोे गिरावट, नेप्से १८ दशमलव ५३ अंकले घट्दा कारोबार रकम ४ अर्ब ४९ करोडमा सीमित
१२. पाकिस्तानी परमाणु वैज्ञानिक अब्दुल कादिरखान रहेनन्, खानको ८५ वर्षको उमेरमा उपचारका क्रममा आज निधन ।
१३. रुसमा विमान दुर्घटना हुँदा १६ जनाको मृत्यु, सात जना घाइते
१४. आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको विजेतालाई १६ लाख अमेरिकी डलर पुरस्कार, उपविजेताले ८ लाख र सेमिफाइनल पुग्ने टोलीले ४ लाख अमेरिकी डलर पाउने
१५.र माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले बलियो टिम भारतको सामना गर्दै, भारतलाई पराजित गरे नेपाल फाइनलमा पुग्ने
https://www.facebook.com/lokpath/videos/192196023044275
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया