हैरान गीत रिलीज, निश्माको हिरो को ?

काठमाडौं । अभिनेता गजित बिष्टले निर्माण गरेको सिनेमा ‘हैरान’मा समावेश ‘तिम्रो हिरो’ बोलको गीत रिलीज गरिएको छ । सार्वजनिक गीतमा अभिनेता गजित बिष्ट, निश्मा घिमिरे, पुष्कर रेग्मी, सागर लम्साल ‘बले’, बुद्धि तामाङ लगायतका कलाकारलाई फिचर्ड गरिएको छ । 

सार्वजनिक गीतमा राजन इशानले संगीत तथा स्वर भरेका छन् । यो गीतको शब्द लेखन तथा कोरियोग्राफी गम्भीर बिष्टको रहेको छ । ‘हैरान’को कथा लेखन पनि उनैको हो । गीतमा अभिनेता गजित बिष्टलाई निश्मा घिमिरेको प्रेममा परेको देखाइएको छ । प्रेममा परेपछि मान्छे आफुलाई हिरो देख्ने भाव गीतले प्रस्तुत गरेको छ । 

‘हैरान’लाई विश्वका कान्छा निर्देशक सौगात बिष्टले निर्देशन गरेका हुन् । भने यसको कार्यकारी निर्माता सम्झना पोखरेल हुन् । यस्तै हैरानलाई डान्स फरेभरको ब्यानरमा मुक्ती घले, सृष्टि घिमिरे र डाक्टर वाई एल लामाले मिलेर निर्माण गरेका हुन् ।

‘हैरान’मा गजित बिष्ट, निश्मा घिमिरे, सत्यराज आचार्य, सरोज खनाल, मोहमद वसिम राजा, आरोही शर्मा, पुस्कर रेग्मी, बुद्धि तामाङ, सागर लम्साल ‘बले’, एन्जल राई लगायतका कलाकारको अभिनय रहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?