१३ मङ्सिर २०७८, सोमवार

बाँकेका २ महिलाको हत्यामा संलग्नलाई कारबाही गर्ने गृहमन्त्री खाँणको प्रतिबद्धता

२०७८,आश्विन,२४,आईतवार १८:२४

360
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बाँकेका दुई महिलाका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्ने बताएका छन् ।

गृहमन्त्री खाँणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नहरुलाई तत्काल अनुसन्धान गरी कानुन बमोजिम कडा कारबाही गर्ने बताएका हुन् । आईतबार सिंहदरबारमा पुगेर महिला अधिकारकर्मीहरुले सो घटनाका दोषीमाथि कडा कारबाही गर्न गृहमन्त्री खाँणलाई ज्ञापन पत्र बुझाएका थिए । त्यसक्रममा गृहमन्त्री खाँणले पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको बताए । उनले भने, ‘नेपाली जनताको जीवन रक्षा गर्ने राज्यको दायित्व हो । कुनै पनि नेपाली जनताले अनाहकमा जीवन गुमाउन नपरोस् त्यसमा हामी गम्भिर छौं । र जनताको जीवन रक्षाका लागि महिला दिदीबहिनीहरुको रक्षाका लागि राज्य र सरकार गम्भिर छ । यी भएका घटनाहरुको बारेमा तत्काल अनुसन्धान पनि हुन्छ । अव कानुनमा भएको व्यवस्थाको रक्षा गर्ने, कानुनको रक्षा गर्ने दायित्व पनि सरकारको हो । कानुन बमोजिम नै कारबाही हुन्छ ।’

गृहमन्त्री खाँणले सरकारले महिलामाथि हुने हत्या, हिंसालगायतका अपराधिक घटना नियन्त्रण गर्न गम्भिर भएर लागिपरेको दावी समेत गरे । त्यसक्रममा महिला अधिकारकर्मीहरुले पीडिताको न्यायका लागि दोषीमाथि कडा कारबाही गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए । महिला सुरक्षा दबाब समूहकी सुशीला श्रेष्ठले दोषीमाथि कडा कारबाही गरी पीडितलाई न्याय दिन सरकारलाई दबाब दिनु परेको बताइन् । उनले सरकारले सो घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न कुनै चासो नदिएको भन्दै आक्रोश समेत व्यक्त गरिन् ।

महिला अधिकारकर्मीहरुले सो घटनाका पीडितको न्यायको खोजी गर्दै नेपालगञ्जबाट पैदल यात्रा गरी काठमाडौं आई शान्तिपूर्ण प्रर्दशन गरिरहेका महिला अधिकारकर्मीहरुलाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको उल्लेख गर्दै तत्काल रिहा गर्न पनि माग गरेका छन् ।

प्रकाशित मिति: २०७८,आश्विन,२४,आईतवार १८:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमालेको भितवनमा जारी महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । सोमबार राति निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम

काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत मतदान प्रक्रिया लम्बिएको छ । अहिले राति ११ बजे अन्तिम नामावली प्रकाशन गरिने भएको

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार सधैं संचार जगतबारे गम्भीर रहेको बताएका छन्। ‘प्रदेश सरकार सञ्चार क्षेत्रप्रति

नेपाली कांग्रेस धनुषा क्षेत्र नं ४ को कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यसहित सबैपदमा सर्वसम्मतिले नेतृत्व चयन भएको छ ।

ताजा समाचार

प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना
 २०७८,मङ्सिर,१३,सोमवार २२:३२
सरकारले गर्‍यो १० सचिवको सरुवा, को कहाँ ?
 २०७८,मङ्सिर,१३,सोमवार २०:३२