कांग्रेस महामन्त्री खड्का कोरोना संक्रमणमुक्त

लोकपथ
299
Shares

काठमाडौं । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

दुई साताअघि कोरोना पोजेटिभ भएर निमोनियाको समेत समस्या भएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका खड्काको कोरोना रिपोर्ट आइतबार नेगेटिभ आएको हो ।

उनको स्वाब संकलन गरेर आइतबार नै परीक्षण गरिएको थियो ।

अस्पतालले एक विज्ञप्तिमार्फत उनको अवस्था सामान्य रहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?