बागमतीमा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेश, अर्को बैठक कार्तिक ४ गते

लोकपथ
91
Shares

काठमाडौं । बागमती प्रदेशको प्रदेश सभामा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्सावको मत लिने प्रस्ताव पेश भएको छ ।

मुख्यमन्त्री शाक्यले आइतबारको प्रदेशसभा बैठकमा आफूलाई विश्वासको मत छ भन्ने प्रस्ताव पेश गरेकी हुन् । प्रस्ताव पेश भए पनि त्यसको छिनोफानो भने कार्तिक ४ गते मात्रै हुने भएको छ ।

उक्त प्रस्तावमा छलफल नगरी कार्तिक ४ गतेसम्मका लागि बैठक स्थगित गरिएको प्रदेश सभा सदस्य कल्पना नेपालीले लोकपथलाई जानकारी दिइन् ।

‘आज मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेश गरिएको छ । अर्को बैठक कार्तिक ४ गतेका लागि बोलाइएको छ ।’ सांसद नेपालीले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?