लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार : को-को बने मन्त्री ? (नामावलीसहित)

लोकपथ
845
Shares

काठमाडौं । लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार भएको छ ।

आइतबार मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिमण्डललाई पूर्णता दिएका हुन् । नवनियुक्त मन्त्रिहरुले आज नै प्रदेशप्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

कसलाई के जिम्मेवारी ?

ऊर्जा, जलस्रोत तथा सिँचाइ : वीरबहादुर राना

वन वातावरण तथा भूसंरक्षण मन्त्री : सुरेन्द्र हमाल

शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री : वसिउद्दिन खाँ

स्वास्थ्य तथा जनसंख्या मन्त्री : इन्द्रजीत थारू

आन्तरिक मामिला तथा सञ्चारमन्त्री : तिलकराम शर्मा

पर्यटन ग्रामिण तथा सहरी विकासमन्त्री : रिना नेपाल विक

उर्जा जलस्रोत तथा सिंचाई : अर्जुन कुमार श्रेष्ठ

स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री : विमला खत्री ओली

गत साउन २८ गते नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र सूर्य चिन्हबाट चुनाव लडेका एक सदस्यसहितको गठबन्धनको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?