काठमाडौं । नेपाली चलचित्र ‘काले दाई’मा समावेश ‘राईफलको शिरानी’ बोलको गीत रिलीज भएको छ । यो गीत लोकलयमा तयार पारिएको छ । ध्रुव विस्को र सहिमा श्रेष्ठले स्वर दिएको यस गीतलाई दिपक शर्माले तयार पारेका हुन् । यस गीतको शब्द सुमन बैरागीले लेखेका हुन् ।
रामजी लामिछानेको कोरियोग्राफीमा तयार पारिएको यस गीतमा इन्द्र राम्जाली, रामचन्द्र अधिकारी र बिनु शाक्यलाई फिचर्ड गरिएको छ । गत वर्षको हिट गीत ‘काले दाई’को नाम सापटी लिएर निर्माण गरिएको सिनेमालाई शिव शर्माले निर्देशन गरेका हुन् ।
‘काले दाई’मा इन्द्र राम्जाली, शिशिर भण्डारी, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र केसी, गीता अधिकारी विष्णु सापकोटा, उत्तम केसी, गोविन्द श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
श्मशेर गुरुङ र इन्द्र राम्जाली मिलेर निर्माण गरेको चलचित्र काले दाईलाई पवन गौतम र रामेश्वर कार्कीको छायाँकन गरेका छन् । चलचित्रलाई तारा थापा किम्भेले सम्पादन गरेका हुन् ।
‘काले दाई’को हालसम्म प्रदर्शन मिती तय गरिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया