चिनियाँ विदेशमन्त्री उत्तर कोरिया जाने

बेइजिङ : चिनियाँ विदेशमन्त्री वाङ यि कोरियाली प्रायद्वीपमा विकसित पछिल्लो घटनाक्रमबारे थप जानकारी लिन उत्तर कोरिया जाने भएका छन्। 

उनी यही मे महिनाको २ देखि ३ सम्म उत्तर कोरियाको भ्रमणमा जान लागेका चिनियाँ विदेश मन्त्रालयले जानकारी दिएको छ । 

उत्तर कोरियाली विदेशमन्त्री रि योङ होको आमन्त्रणमा चिनियाँ विदेशमन्त्री उत्तर कोरियाको भ्रमणमा जान लागेका हुन् ।

पछिल्लो समय उत्तर कोरिया विश्व राजनीतिको चासोको एक केन्द्र बनिरहेको छ । उत्तर कोरिया र दक्षिण कोरियाबीच पछिल्लो समयमा विकसित राजनीतिक परिस्थितिले गर्दा उत्तर कोरियाप्रति विश्वको चासो बढेको हो । 

उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनबीच गएको शुक्रबार कोरियाली प्रायदीपमा शान्ति स्थापनाका बारेमा एक महत्वपूर्ण सम्झौता भएको थियो । 

त्यस्तै उत्तर कोरियाली नेता उनसँग आफूले पनि केही हप्तामा भेटवार्ता गर्ने जानकारी दिएका छन् ।

कोरियाले लिएको यो पछिल्लो रणनीतिका कारण विश्व राजनीतिक सरगर्मी बढेको बेला चिनियाँ विदेशमन्त्रीले गर्नुभएको यो भ्रमणलाई पनि अर्थपूर्ण रुपमा लिइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?