‘तनावरहित जीवन बाँच्नु नै मानसिक स्वास्थ्यको आधार हो’ (भिडियोसहित)

लोकपथ
780
Shares

काठमाडौं । आज १० अक्टोबर अर्थात् विश्व मानसिक स्वास्थ्य दिवस ।

यस वर्षको नारा ‘असमान विश्वमा मानसिक स्वास्थ्य’ भन्ने रहेको छ ।

विश्वभर ३० करोड मानिस डिप्रेसनको शिकार रहेका तथ्यांकहरूले देखाएका छन् । नेपालमा पनि झण्डै ८५ लाख मानिसहरूमा कुनै न कुनै रूपमा मानसिक समस्या रहेको अध्ययनहरूले देखाएका छन् ।

पछिल्लो समय कोरोना महामारीले गर्दा घरमै बसिरहनुपर्ने, मोबाइल फोनमा धेरै समय बिताउने, विद्यार्थीहरू भर्चुअल कक्षामै सीमित रहनुपर्नेजस्ता कारण मानसिक रोगीको संख्या बढ्दै गएको चिकित्सकहरू बताउँछन् ।

खुशी र सन्तुष्टिका साथ तनावरहित जीवन बाँच्नु नै मानसिक स्वास्थ्यको आधार हो । मानसिक स्वास्थ्यबारे मनोचिकित्सक के भन्छन् त ? हेर्नुहोस् मानसिक अस्पताल पाटनका मनोचिकित्सक डा. बिनिता ढुंगेलको परामर्श :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?