काठमाडौं । देशका विभिन्न स्थानमा अवैध लागुऔषध ब्राउनसुगरसहित ६ जना पक्राउ परेका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका-२ राम जानकी मन्दिर नजिकबाट ३ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षीय राजु गुप्ता र २७ वर्षीय किरन भुजेल रहेका छन् ।
विशेष सूचानाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी उनीहरुलाईपक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका-१३ राजपुर बस्ने १८ वर्षीय ३ जना किशोर र १ जना किशोरीलाई ३ ग्राम ६ सय ९० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले लागुऔषध ब्राउनसुगर सेवन गरी रहेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका-५ झिलमिलाफाँटाबाट ६ ग्राम २ सय ४० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो पदार्थ सहित बेलडाँडी गाउँपालिका-५ झिलमिला बस्ने २२ वर्षीय झलक थापालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट साइकलमा आउँदै गरेका उनलाई प्रहरी चौकी झिलमिला र सशस्त्र प्रहरी बल बिओपी झिलमिला समेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया