‘महाधिवेशन सम्पन्न गरेर तत्कालै निर्वाचनमा जानुपर्छ’

लोकपथ
325
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमा पार्टीको १४ औँ महाधिवेशन सम्पन्न गरेर तत्कालै चुनावमा जानू पर्ने बताएका छन् ।

विगतका कमिकमजोरीबाट पाठ सिक्दै सरकार अघि बढ्न नचाहेको भन्दै संसद प्रभावकारी बनेर चल्न नसकेकाले संसदीय मूल्य मान्यता अनुरुप संसदले काम गर्न नपाएको अवस्थामा ‘फ्रेस ईलेक्सन’ मा जानू पर्ने बताएका हुन् ।

नेपाली कांग्रेस काठमाडौ महानगर(२२ ले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता सिंहले यसअघिको झन्डै दुई तिहाई जनमत पाएको सरकार किन बाहिरनु पर्यो ? भन्दै प्रश्न गरेका छन् ।

वर्तमान सरकारले पूर्ववत् सरकारसँग पाठ सिक्न नसकेको बताउँदै विधि नमाने सिक्नु भन्दा ममाथि बसेसी मैले जेगरेपनि हुन्छ भन्ने दम्भका कारण ओली सरकार वर्तमान सरकार त्यसबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताए ।

उनले गत चुनाव अगाडि आईजिपि प्रकरण र प्रधानन्यायाधीश माथिको महाअभियोगले जनतामा कस्तो प्रभावित पर्‍यो भन्ने कुरा नबिर्सिन समेत अपिल गरे ।

देउवा सरकारले यतिका दिन लगायर पुर्णता पाए पछि उठेका गम्भीर प्रसन माथि ख्याल ख्याल सोचन्न नहुने समेत बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?