सेयर बजारमा दोहोरो अंकको गिरावट

लोकपथ
611
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजारमा गिरावट आएको छ । आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको हो ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक १८.५३ अंकले घटेर २६६२.५८ बिन्दुमा पुगेको छ । आज नेप्से ०.६९ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ४.९६ अंकले घटेर ४९९.७८ बिन्दुमा पुगेको छ ।

आज कुल २२० कम्पनीको जम्मा ७२ लाख ५१ हजार ७४४ कित्ता सेयर खरिदबिक्री भएको छ । नेप्सेका अनुसार ७२ लाख ५१ हजार ७४४ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ४९ करोड ८० लाख ४३ हजार ५८१ रुपैयाँको कारोबार भएको छ ।

आज कुल १३ उपसमूहमध्ये ३ वटा उपसमूहको मात्र सेयरमूल्य बढेको छ भने बाँकी १० वटा उपसमूहको सेयर घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?