हालसम्म १२ अर्बबराबरको नयाँ नोट सटही

लोकपथ
133
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ अर्ब रुपैयाँबराबरका नयाँ नोट सटही गरेको छ । राष्ट्र बैंकले ५,१०,२०,५० र १०० दरका नयाँ नोट सटही गरेको हो ।

राष्ट्र बैंकले दशैँका लागि ३० अर्बभन्दा बढी नोट बजार पठाएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्याकारी निर्देशक रेवती नेपालले बताए ।

राष्ट्र बैंकले हरेक वर्षका दशैँ तिहारमा ५० अर्ब रुपैयाँको हाराहारीमा नयाँ नोट बजारमा पठाउँदै आएको छ । जसमध्ये सर्वसाधारणहरूका लागि मात्रै १५ अर्बको हाराहाराहरीमा नयाँ नोट सटही हुने गरेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?