बडा दशैँको चौथो दिन : कुष्माण्डा भगवतीको पूजा गर्न मन्दिरहरुमा भीडभाड (तस्बिरसहित)

लोकपथ
286
Shares

काठमाडौं । दशैँको चौथो दिन काठमाडौं उपत्यकाका कुष्माण्डा भगवतीको पूजा अर्चना गरिएको छ ।

काठमाडौंका विभिन्न मठमन्दिरहरुमा कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिएको छ ।

पूजाआजाको लागि बिहानैदेखि शक्तिपिठहरुमा दर्शनार्थी तथा भक्तजनहरुको भीड लागेका छ ।

आफनो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ । उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको धार्मिक मान्यता रहिआएको छ ।

काठमाडौं उपत्यका लगायत देशका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बलि समेत चढाइने गरिन्छ ।

तस्बिरहरु हेर्नुहोस्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?