गायिका रानी शाक्यको दशैँ, तिहार गीत ‘सरर’ सार्वजनिक (भिडियोसहित)

लोकपथ
104
Shares

काठमाडौं । नेपालीहरुको महान पर्व दशैँ, नजिकिएसँगै यससँग सम्बन्धित गीतहरु रिलिज हुने क्रम बढेको छ ।

यसैक्रममा पछिल्लो समय गीत गायनमा निकै सक्रियता साथ लागिरहेकी गायिका रानी शाक्यले दशैँ, तिहार गीत ‘सरर’ सार्वजनिक गरेकी छिन । गीतकार राजेश शाक्यको शब्द रचना र कल्याण सिंहको संगीत रहेको गीतको भिडियोमा लोकप्रिय नायिका पुजा शर्मा र नायक पुष्प खड्काको साथमा बालकलाकार नेरिश्का स्थापितको अभिनय रहेको छ ।

ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी ,विजयराज भुर्तेलको सम्पादन र देव धिमालको निर्देशन रहेको भिडियोलाइ रानी शाक्यको आफ्नै युट्युब च्यानल ९च्बलष् क्जबपथब० आइतबार सार्वजनिक गरिएको हो । हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यको अहिले सम्म ५ दर्जन भन्दा बढी गीतहरु आइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?