मान्छे मरेको डोरी करोडौँमा बिक्री हुने भन्दै महिलाको हत्या, तीन जना पक्राउ

लोकपथ
1.1k
Shares

काठमाडौं । नुवाकोटकी ४५ वर्षीया कमला तामाङको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुरका २३ वर्षीय सविन प्रजा, उनकी श्रीमती प्रविना र प्रजा माझी र मोरङका २० वर्षीया सुमन मगर रहेका छन् ।

नुवाकोट बेलकोटगढी-९ की तामाङ ललितपुरको सुनाकोटी भन्ने ठाउँमा बस्थिन् । त्यहाँको टहरोमा एक्लै बस्ने उनको गत भदौ २४ गते हत्या भएको थियो । मानिस मरेको डोरी महंगोमा बिक्री हुन्छ भन्ने सुनेपछि उनीहरुले कल्पनाको हत्या गर्ने योजना बनाएको सोही अनुसार हत्या गरेको खुल्न आएको अपराध महानगरीय अपराध महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गत भदौ २४ गते अपरान्ह ४ः३० बजेको समयमा मृतक कल्पनाको टहरोमा गई मापसे गरी हात बाँधेर डोरीले घाँटीमा कसी हत्या भएको थियो । भने हत्यापछि उनले लगाएको गरगहना र मोबाइल समेत लुटपाट गरेका थिए । मानिस झुन्डिएर मरेको डोरी करोडौँमा बिक्रि हुने अन्धविश्वाबाट महिलाको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

पक्राउ परेका तीनै जनाबारे अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त चापागाउँ, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?