कुपण्डोलबाट २० लाख बराबरको विष्फोटक पदार्थ बरामद, एक जना पक्राउ

लोकपथ
518
Shares

काठमाडौं । प्रहरीले ललितपुरबाट ठूलो परिमाणको विष्फोटक पदार्थहरु बरामद गरेको छ ।

ललितपुर महानगरपालिका वाड नम्बर-१ कुपण्डोलको गुसिंगलमा एउटा टहरा भाडामा लिई भण्डारण गरिएको अवस्थामा अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले करिब १ हजार ४ सय ९४ किलो विष्फोटक पदार्थहरु बरामद गरेको हो ।

बारा घर भएका ३० वर्षिय उमेश कुमार जैसवाललाई विष्फोटक पदार्थसहित प्रहरीले पक्राउ गरेको छ ।

उनलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थ सम्बन्धी कसुर अन्तर्गतको मुद्दामा आवश्यक कारबाही अगाडि बढाइएको अपराध अनुसन्धान महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।

बरामद भएको रु २० लाख बराबरको रहेको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?