यस्तो छ आजको सुनचाँदीको बजारभाउ

लोकपथ
572
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर ९० हजार ७०० रुपैयाँ कायम भएको छ । छापावाल सुन गत हप्ताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासंघले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार २५० मा कारोबार हुनेछ जुन शुक्रबार प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य शुक्रबारको तुलनामा पाँच रुपैयाँले बढेको छ । चाँदी शुक्रबार प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भएको थियो भने आजको कारोबार मूल्य प्रतितोला एक हजार १७५ रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?