राप्रपालाई लाग्यो महाधिवेशन : कार्तिक १४ गतेसम्म जिल्ला अधिवेशनको म्याद थप (विज्ञप्तिसहित) 

लोकपथ
416
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महाधिवेशनको कार्यतालिका परिमार्जन गरेको छ ।

आइतबार काठमाडौंमा बसेको राप्रपा अध्यक्षत्रयको बैठकले कार्तिक २७, २८ र २९ गते हुने महाधिवेशनलाई लक्षित जिल्ला अधिवेशन लगायतको मिति तय गरेको हो ।

जसअनुसार सक्रिय सदस्यता वितरण तथा डिजिटल इन्ट्रि गर्ने म्याद कार्तिक १० गतेसम्मका लागि थप गरेको छ ।

त्यसैगरी कार्तिक १४ गतेसम्म जिल्ला अधिवेशन गर्ने अवधि गतेसम्म थप गर्ने निर्णय भएको राप्रपाले जनाएको छ ।

त्यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन कार्तिक ११ देखि १७ गतेसम्म गर्ने
र ७ वटै प्रदेश कार्य समितिको अधिवेशन २०७८ कार्तिक २३ गतेसम्म थप गर्ने निर्णय गरेको राप्रपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?