ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

RSS
28
Shares

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–२ मा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

आज बिहान करिब ७:३० बजेको समयमा स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको ग२ख ३३५ नंको ट्रकले ठक्कर दिँदा बगनासकाली–२ बस्ने ५९ वर्षीय श्यामबहादुर रोकायाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ज्ञानप्रसाद ज्ञवालीले जानकारी दिए ।

ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?