काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले बम्पर लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफना सेयरधनीहरुलाई उत्कृष्ट लाभांश घोषणा गरेको हो ।
संस्थाको शुक्रबार बसको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
जसमा ४५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गर्ने निर्णय सञ्चालक समितिले गरेको छ।
गत आर्थिक वर्षको लाभांश घोषणा गर्ने कम्पनीहरुमध्ये सबैभन्दा धेरै लाभांश प्रस्ताव गर्ने कम्पनीमहिला लघुवित्त बनेको छ । आकर्षण लाभांश घोषणाले गर्दा कम्पनीको सेयरमूल्यमा उछाल आएको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको सेयरमूल्य ९ दशमलव ६९ प्रतिशतले बढेर ५ हजार २ सय ६५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया