काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले शानदार जित हात पारेको छ । शनिबार राति भएको मैत्रीपूर्ण खेलमा पोर्चुगलले कतारलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो, जोसे फोन्टे र आन्द्रे सिल्भाले समान एक एक गोल गरे ।
खेलको ३७ औं मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।
रोनाल्डोको यो पोर्चुगलका लागि १ सय १२ औं गोल हो । त्यसपछि खेलको ४८ औं मिनेटमा फोन्टेले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर भयो ।
त्यसपछि खेलको ९० औं मिनेटमा सिल्भाले गोल गर्दै पोर्चुगललाई ३-० गोल अन्तरको शानदार जित दिलाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया