उद्योगमन्त्री गजेन्द्र हमालले गरे पदबाट राजीनामा दिने घोषणा

लोकपथ
189
Shares

काठमाडौं । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नाताका कारण मन्त्री बनाइएको भन्दै उनको विरोध भइरहेको बेला मन्त्री पदबाट राजिनामा दिन लागेका हुन् ।

उनले आजै प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?