१. अहिले गठबन्धन सरकार भएकाले मन्त्रिपरिषद विस्तार गर्दा महत्वपूर्ण व्यक्तिहरु छुटेका प्रधामन्त्री देउवाको भनाई, छुटेकालाई आगामी दिनमा समेटिने ।
२. गजेन्द्र हमाल कांग्रेसको कोटामा मन्त्री बनेका भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा बचाउ, कांग्रेस नेता हमाललाई मन्त्री बनाएकोमा हल्ला गर्नु अनावश्यक भएको टिप्पणी ।
३. आज बडा दशैका तेस्रो दिन, चन्द्रघण्टादेवीको पूजा आरधना, काठमाण्डौं उपत्यकासहित देशभरका देवीका शक्तिपीठमा दर्शनार्थीको भीड ।
४. नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुध्रिनेमा कसैको विश्वास नरहेको एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालको टिप्पणी, बिगतका गल्ती स्वीकारे ओलीबारे नयाँ ढंगले सोच्न सकिने ।
५. वर्तमान गठबन्धन सरकार आगामी निर्वाचनसम्म सँगै जाने स्वास्थ्यमन्त्री विरोध खतिवडाको दाबी, एमाले अध्यक्ष ओलीको दासता स्वीकार गर्न नसकेर अर्काे पार्टी नेकपा एकीकृत समाजवादी जन्माइएको भनाई ।
६. मन्त्रिपरिषद विस्तारपछि जनता समाजवादी पार्टीमा आन्तरिक बिवाद, सांसद प्रदिप यादवलाई मन्त्री नबनाइएको भन्दै पर्सामा प्रदर्शन, पार्टी अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाइयो ।
७. दशंै मनाउन काठमाडौं उपत्यका छोडेर घर फर्किनेहरुको लर्काे, रोजगारीका लागि भारतका बिभिन्न शहर पुगेकाहरु पनि स्वदेश फर्किदै ।
८. खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत आजदेखि सरकारद्वारा दशैका लागि खसीबोका बिक्रिवितरण शुरु, जिउँदो खसीबोका प्रतिकिलो ६ सय ४० रुपैया ।
९.लगानी बोर्डद्वारा जुम खोला र अरुणा तेस्रो जलबिद्युत परियोजनाका लागि ७३ अर्व बराबरको लगानी स्वीकृत, विद्युत् खपत वृद्धि गर्ने दीर्घकालीन योजना तय गर्दै लगानीको वातावरण बनाउन सम्वन्धित निकायलाई प्रधानमन्त्री देउवाको निर्देशन ।
१०. शनिवार नेपालमा कोरोनाका ७ सय ६० जना नयाँ संक्रमित थपिए, ८ सय ९९ जना संक्रमणमुक्त,पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु ।
११. कोरोनाका कारण विगत डेढ वर्षदेखि बन्द रहेको महोत्तरीको मुख्य भन्सार नाका भिट्ठामोड आजबाट पुनः संचालन, नाका खुलेसँगै नेपाल र भारत दुबैतर्फ आवत जावतमा सहज ।
१२. नेपाल सरकारले पढ्दै कमाउँदै भन्ने कार्यक्रम ल्याउने, मुलुकको शैक्षिक र आर्थिक क्षेत्रको विकासमा कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अर्थमन्त्री जनार्दन शर्माको विश्वास ।
१३. चीन र ताइवानलाई शान्तीपूर्ण रुपले पुनः एककिरण गर्ने चीनका राष्ट्रपति सीको प्रतिज्ञा,आफ्नो इतिहाँस भुलेर मातृभूमि टुक्र्याउन खोजे दुःखद अन्त्य हुने ताइवानलाई सीको चेतावनी ।
१४. माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल २०२१ अन्तर्गत आइतबार नेपालले भारतको सामना गर्दै, भारत बलियो टिम भएपनि नेपाल नडराउने मुख्य प्रशिक्षक अल्मुताइरीको भनाई ।
१५. चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग क्रिकेट इपिएलको उपाधि चितवन टाइगर्सले हात पार्यो, शनिवार भएको फाइनलमा चितवनद्वारा पोखरा राइनोज ४ विकेटले पराजित ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया