२९ श्रावण २०७९, आईतवार

क्षेत्र बाँडफाँटको अन्तिम तयारी

२०७४,आश्विन,२४,मंगलवार ०१:५७

0
Shares

काठमाडौँ, २४ असोज- प्रतिनिधिसभा र प्रदेशसभातर्फ प्रत्यक्ष चुनावका लागि वाम गठबन्धनमा सहभागी तीन दलबीच निर्वाचन क्षेत्र बाँडफाँट तयारी अन्तिम चरणमा पुगेको छ । क्षेत्र बाँडफाँट कार्यदलले उक्त जिम्मेवारी सोमबार टुंग्याउने भनिए पनि पार्टी एकता संयोजन समितिको बैठक र सत्ता गठबन्धनमा विकसित घटनाक्रमले प्रभावित तुल्याएको थियो ।एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच गत मंगलबार भएको चुनावी तालमेल र एकीकरण अभियान घोषणासँगै क्षेत्र बाँडफाँट गर्न तीन दलको संयुक्त कार्यदल बनेको थियो । एमाले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा तीनवटै दलका प्रतिनिधि कार्यदलमा छन् । एमाले र माओवादी केन्द्रबीच चुनावमा ६० र ४० प्रतिशतका दरले उम्मेदवार बाँडफाँट गर्ने सहमति बनेको छ, कान्तिपुरमा खबर छ ।  

प्रकाशित मिति: २०७४,आश्विन,२४,मंगलवार ०१:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुर्खेत । सुर्खेतको भेरिगंगा नगरपालिका-५, गेरवानीमा जंगली जनावरको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको बफर जोनमा

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ मा आइतबार दिउँसो स्कोर्पियोको ठक्करबाट साइकल चालक युवकको घटनास्थलमै मृत्यु भएको छ । पथलैया वीरगन्ज

काठमाडौं । विभिन्न मुलुक पठाउने भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ । बेलायत र दुबई पठाईदिन्छु

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने ६ जना चालकलाई कारबाही गरेको छ

ताजा समाचार

लागूऔषध बोक्ने सात जना पक्राउ
 २०७९,श्रावण,२९,आईतवार १९:०१