१३ मङ्सिर २०७८, सोमवार

प्रदेश नं १ मा थपिए ९३ सङ्क्रमित

२०७८,आश्विन,२३,शनिवार २०:२५

117
Shares

मोरङ । विगत लामो समयपछि प्रदेश नं १ मा आज सबैभन्दा कम ९३ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । जसमा ३५० जनाको पिसीआर परीक्षण गर्दा ७९ र २३४ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमण प्रदेशमा पाँच जिल्ला मोरङमा २८ मध्ये विराटनगरमा २२, सुनसरीमा २७, झापामा २२, धनकुटा र प्रदेश बाहिरका एक/एक जनामा सङ्क्रमण भएको हो । स्थानीय पालिकाअनुसार मोरङको सुन्दरहरैचामा तीन, जहदा, मिक्लाजुङ र बुढीगङ्गामा एक/एक, सुनसरीको धरान र इटहरीमा नौ/नौ, दुहवीमा चार, इनरुवामा तीन, बराहक्षेत्र र स्थानीय तह नखुलेका एक/एक, झापाको भद्रपुरमा १२, दमकमा चार, बिर्तामोड, मेचीनगर, कनकाई, गौरादह, कमलगाउँपालिका र स्थानीय तह नखुलेका एक/एक, धनकुटाको धनकुटा नगरपालिका र प्रदेश बाहिरका एक/एक जनामा सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा आजै १४३ महिलासहित २७९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने दुई महिलाको मृत्यु भएको बताइएको छ ।

प्रकाशित मिति: २०७८,आश्विन,२३,शनिवार २०:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण देखिएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल भर्ना भएका छन् ।उनी उपचारका लागि सोमबार

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर कुल ६ हजार

काठमाडौं । नेपालमा थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर कुल १० हजार ४४६ जनाको परीक्षण

ताजा समाचार

प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना
 २०७८,मङ्सिर,१३,सोमवार २२:३२
सरकारले गर्‍यो १० सचिवको सरुवा, को कहाँ ?
 २०७८,मङ्सिर,१३,सोमवार २०:३२