शनिबार देशभर ७६० जनामा कोरोना संक्रमण पुष्टि, कति डिस्चार्ज भए ?

लोकपथ
252
Shares

काठमाडौं । बितेको २४ घण्टामा देशभर ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३१ जनाको नमूना परीक्षण गर्दा ७ सय ६० जनामा संक्रमण पुष्टि भएको हो ।

जसमा पीसीआर विधिबाट ६ हजार एक सय ६८ जना को परिक्षण गर्दा ६ सय ३६ जना र ५ हजार ८ सय ६३ जनाको एन्टीजेन परीक्षण गर्दा १सय् २४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने ८ सय ९९ जना बिसंक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितहरुको संख्या १५ हजार ३ सय ४० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?