काठमाडौं । प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा नेपाली कांग्रेसका क्षमतावान र योग्य नेता छुटेको भन्दै दु:ख व्यक्त गरेका छन् ।
बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वर कोइराला शताब्दी सन्दर्भ’ पुस्तक विमोचनका क्रममा बोल्दै उनले गठबन्धनको सरकार हुँदा कांग्रेसका क्षमतावान र योग्य नेतालाई मन्त्री बनाउन नसकेको भन्दै दुख व्यक्त गरेका हुन् ।
उनले गठबन्धनको सरकार भएकोले बाध्यताका कारण सबैलाई समेट्न नसकिएको बताएका छन् । प्रधानमन्त्री भएको झन्डै ३ महिनापछि शुक्रबार देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया