सस्तो लोकप्रियताका लागि सांसद साहले गरे गलत प्रचारप्रसार

लोकपथ
1.2k
Shares

एसपी यादव/सर्लाही । जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रमोद साहले सस्तो लोकप्रियताका लागि गलत प्रचारप्रसार गरेका छन् ।

शुक्रबार सत्ता गठबन्धमा आबद्ध चार दललाई समेटेर प्रधानमन्त्री देउवाले मन्त्री परिषद्लाई पूर्णता दिने टुंगो भएपछि सांसद साहले शुक्रवार बिहान ८ बजे देखि नै केही मिडियालाई प्रभावमा पारी उक्त मिडियाहरु मार्फत आफु मन्त्री बन्ने पक्का भएको र पार्टीले मन्त्रीका लागि छनौट तथा सिफारिस गरेको नामावलीहरुमा आफ्नो नाम पनि रहेको दावी गर्दै गलत प्रचारप्रसार गरेका हुन् ।

सांसद साहले केही मिडियामार्फत् गलत तथा भ्रामक समाचार लेख्न लगाई सस्तो लोकप्रियता कमाउन खोजेको जसपा निकट स्रोतले बताएको छ ।

स्रोतका अनुसार, शुक्रबार दिउसो २ बजे पार्टीको तर्फबाट नवनियुक्त मन्त्रीहरुको नाममाथी निर्णय तथा सिफारिस गरिएको थियो । पार्टीको सो निर्णयमा सांसद साहको नाममा कुनै किसिमको निर्णय नै नभएको स्रोत बताउँछन् । तर सांसद साहले सपथ ग्रहण हुनुभन्दा ३० मिनेट अगाडी मन्त्रीको लिस्टबाट आफ्नो नाम हटाइएको झुठा र आधारहिन आरोप लगाएका छन् । जबकी मन्त्रीहरुको शपथ ग्रहण दिउँसो ४ बजेका लागि राष्ट्रपति कार्यालयमा निर्धारण गरिएको थियो ।

मन्त्री पदका लागि पार्टीले निर्धारण गरेको मापदण्डभित्र सांसद साह नपरेपछि पार्टीलाई बदनाम गर्न तथा सस्तो लोकप्रियताका लागि सांसद साहले पोल्टिकल स्टंट गरेको स्रोतको दाबी रहेको छ । सांसद साह तत्कालीन राजपाबाट सर्लाही निर्वाचन क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?